जोडिनुहोस
  • होमपेज
  • इजरायल पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गर्ने एक जना गिरोह पक्राउ

इजरायल पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गर्ने एक जना गिरोह पक्राउ

काठमाडौँ- इजरायल पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका ३ खैरापुर टोल घर भई काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने २६ वर्षीय सुनिल कुमार यादव रहेको प्रहरीले जनाएको छ । उनलाई लाजिम्पाटबाट मंगलबार पक्राउ गरिएको हो ।

उनले वैदेशिक रोजगारीको लागि नेपाल सरकार र इजरायलबीच हुने जीटूजी सम्झौतामार्फत् सरकारी कोटामा इजरायल पठाइदिने र त्यहाँ पुगेपछि कृषि कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी २ जना पीडितहरुबाट पटकपटक गरी ३१ लाख रुपैयाँ रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगरले पत्राचार गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि विभागमा पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका