जोडिनुहोस
  • होमपेज
  • करेन्ट लागेर घाइते भएका उद्योगी श्रीसको मृत्यु

करेन्ट लागेर घाइते भएका उद्योगी श्रीसको मृत्यु

बुटवल । करेन्टलागेर घाइते बुटवलका उद्योगी खेम श्रीसमगरको मृत्यु भएको छ । एक महिनाअघि नवलपरासीको बर्दघाटमा विद्युतीकरणको काम गर्दा करेन्ट लागेर गम्भीर घाइते भई काठमाडौंमा उपचाररत श्रीसको आइतबार बिहान मृत्यु भएको हो ।

नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य एवं महासंघ लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष श्रीस बुटवल औद्योगिक क्षेत्रको बुटवल इलेक्ट्रोनिक्स एण्ड ट्रान्सर्फमर उद्योगका सञ्चालक हुन् ।

५७ वर्षीय श्रेष्ठ उद्योग व्यापार संघ बुटवलका पूर्वअध्यक्ष समेत हुन् । श्रीसको मृत्युले बुटवलको औद्योगिक क्षेत्रलाई ठूलो क्षति पुगेको नेपाल उद्योग व्यापार महासंघका महासचिव खेम पराजुलीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका