जोडिनुहोस
  • होमपेज
  • मौसम पूर्वानुमानः यी पाँच प्रदेशमा हुनेछ मेघगर्जनसहितको बर्षा

मौसम पूर्वानुमानः यी पाँच प्रदेशमा हुनेछ मेघगर्जनसहितको बर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।

देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका