जोडिनुहोस
  • होमपेज
  • मुम्बई र लखनउ ईलिमिनेटरमा भिड्दै

मुम्बई र लखनउ ईलिमिनेटरमा भिड्दै

काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स जारी इन्डियन प्रिमियर लिग(आइपीएल)को ईलिमिनेटर खेलमा आज बुधबार खेल्दै छन् ।

चेन्नाईमा रहेको एमए चिदम्बरम क्रिकेट मैदानमा हुने ईलिमिनेटर खेल नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ ।

मुम्बईलाई सहज पराजित गरि आफ्नो दोस्रो सिजन खेलिरहेको लखनउ पहिलो पटक फाइनल प्रवेशको मार्ग सहज बनाउने लक्ष्यमा रहेको छ ।

मुम्बई पनि लखनउलाई पराजित गरि फाइनलको मार्ग सहज बनाउने लक्ष्यमा रहने छ । समूह चरणमा तेस्रो रहेको लखनउले १४ मध्ये ८ खेलमा जित तथा ५ खेलमा हार व्यहोरेको थियो ।

समूह चरणमा चौथो भएको मुम्बईले १४ मध्ये ८ खेल जित्दा ६ खेलमा हार व्यहोरेको थियो । मुम्बईविरुद्ध समूह चरणमा भएको एक मात्र खेलमा लखनउ विजयी भएको थियो ।

ईलिमिनेटर खेलको विजेताले मंगलबार पहिलो क्वालिफायरमा पराजित गुजरात टाईटन्ससँग खेल्नेछ । ईलिमिनेटर खेलमा पराजित टोली भने लिगको चौथो स्थानमा रहदै बाहिरिने छ ।

यस खेलको विजेता र गुजरातबीचको दोस्रो क्वालिफायर खेल शुक्रबार अहमदाबादमा हुनेछ । दोस्रो क्वालिफायरमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छ ।

मंगलबार भएको पहिलो क्वालिफायर खेलमा जित दर्ता गर्दै चेन्नाई सुपर किंग्सले फाइनलमा स्थान पक्का गरिसकेको छ । पहिलो क्वालिफायरको विजेता चेन्नाई र दोस्रो क्वालिफायरको विजेताले आगामी आइतबार फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

फाइनलमा विजेता बन्ने टोली यस १६ औं संस्करणको आइपीएलको च्याम्पियन टोली बन्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका