जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा पोखरीमा डुबेर छ जना बालबालिकाको मृत्यु

पाकिस्तानमा पोखरीमा डुबेर छ जना बालबालिकाको मृत्यु

पाकिस्तान । पाकिस्तानको सिन्ध प्रान्तमा पोखरीमा डुबेर छ जना बालबालिकाको मृत्यु भएको छ । सिन्धमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई दाजुभाइसहित कम्तीमा छ बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो । दुईजनालाई स्थानीय जनताले उद्धार गरेका छन् ।

खैरपुर जिल्लाको टाण्डो मस्ती खान क्षेत्र नजिक रहेको वारिस उजन गाउँको माछा पोखरीमा छ जना बालबालिका खेल्दै गर्दा एक बालक चिप्लिएर पोखरीमा खसेपछि साथीलाई बचाउने प्रयासमा पाँचै बालबालिकाले पानीमा हाम फालेका थिए ।

घटनामा दुई दिदीबहिनीसहित थप तीन बालबालिकाको मृत्यु भएको छ भने अन्य दुईलाई स्थानीयले उद्धार गरी गम्भीर अवस्थामा अस्पताल पुयाृएका थिए । पोखरीबाट तीन बालबालिकाको शव निकालिएको र चौथो शवको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सिन्ध प्रान्तकै थारपार्कर जिल्लाको डिप्लो टाउन नजिकैको रानी भेरो गाउँमा यस्तै घटनामा दुई बालबालिकाको डुबेर मृत्यु भएको जियो न्यूजले जनाएको छ । पोखरी नजिक खेलिरहेका उनीहरू अचानक पानीमा खसेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका