जोडिनुहोस
  • होमपेज
  • शेरबहादुर देउवा सिंगापुर जाँदै, साथमा आरजू पनि

शेरबहादुर देउवा सिंगापुर जाँदै, साथमा आरजू पनि

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् ।राति ११ बजे उनी सिंगापुरका प्रस्थान गर्ने तय भएकाे छ ।

देउवा नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने उनको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति समेत रहेका पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि सिंगापुर जानेछिन् ।

पेटसम्बन्धी समस्याको उनले सिंगापुरमा उपचार गर्दै आइरहेको र त्यसैको फलोअपका लागि त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

उनीहरू करिब १ हप्तापछि नेपाल फर्किने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका