जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आज राति भारतबाट स्वदेश फर्किंदै

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आज राति भारतबाट स्वदेश फर्किंदै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा उल्लेख्य सुधारपछि आज राति भारतबाट स्वदेश फर्किंदै छन् । 

राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य उपचारका लागि झण्डै दुई साताअघि भारत पुगेका राष्ट्रपति पौडेल आजै राति नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्किंदै छन् । 

उनी स्वास्थ्य उपचारका लागि यही वैशाख ६ गतेदेखि भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत थिए। स्वास्थ्यमा उल्लेख्य सुधारपछि घर फर्किए पनि केही हप्ता पर्याप्त आराम गर्न राष्ट्रपति पौडेललाई उपचारमा संलग्न चिकित्सकको सुझाव छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका