जोडिनुहोस
  • होमपेज
  • ३४ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब नाघ्यो

३४ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले वृद्धि भएको छ । कारोबार रकम पनि ह्वात्तै वृद्धि भएको छ ।

कारोबारको तेस्रो दिन मंगलबार नेप्से ३४.१७ अंकले बढेर २०२० बिन्दुमा बन्द भएको हो । आज विभिन्न कम्पनीका १ करोड ८ लाख १ हजार ६९३ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँको कारोबार भएको छ । कारोबार रकममा केही समयदेखिको ह्वात्तै वृद्धि हो ।

यस दिन व्इिन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ ।

कारोबारका आधारमा शिभम सिमेन्टस २७ करोड ६६ लाख ८७ हजार २५० रुपैयाँकको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ । त्यस्तै, उपसमूह तर्फ सबै समूहको शेयर मूल्य बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका