जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ २९ पैसा र बिक्री दर १४३ रूपैयाँ ६९ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २६ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २९ पैसा र बिक्री दर १६८ रूपैयाँ ०६ पैसा, दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ २४ पैसा र बिक्रीदर १० रूपैयाँ २९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ०४ पैसा रहेको जनाएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

newskarkahna-news528240.

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका