जोडिनुहोस
  • होमपेज
  • पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्छः राजदूत श्रीवास्तव

पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्छः राजदूत श्रीवास्तव

पोखरा । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । बुधवार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पोखरा प्राकृतिक मनोरम र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको भन्दै पोखरालाई सडक सञ्जाल वा अन्य माध्यमबाट जोड्दै जान सकिने बताए । उनले पोखरा प्राकृतिक सौन्दर्यताका हिसावले उत्कृष्ट स्थान रहेको भन्दै पोखराले भारतका पर्यटकहरु तानेको बताए ।

उनले भारतका विभिन्न शहरका पर्यटकहरु पोखरामा आइरहेको उल्लेख गर्दै पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नका लागि भारत सरकार सहयोगका लागि तयार रहेको बताए ।

उनले भने, ‘पर्यटनको हिसावले हेर्ने हो भने पोखरा एकदमै राम्रो स्थान छ । भारतबाट विभिन्न शहरका मानिस पोखरा आउने गर्दछन् । हरेक वर्ष पोखरामा योग दिवस मनाउने हो भने पोखरा योगा केन्द्र बन्नेछ । यसका लागि भरतीय दूतावास मिलेर काम गर्न तयार छ । भारतका विभिन्न प्रदेश र शहरबाट मानिसहरु अहिले पनि पोखरा आउँछन् । नयाँ सडकलगायत अन्य माध्यमबाट भारत पोखरासँग जोडिन्छ ।’

नेपालका लागि भारतीय राजदुत राजदूत श्रीवास्तवले पोखरामा हरेक वर्ष योग दिवसका अवसरमा योगा कार्यक्रम हुने आशा राखेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका