जोडिनुहोस
  • होमपेज
  • नाबालिगलाई क्लब छिर्न दिएको आरोपमा एलओडीका कर्मचारी नियन्त्रणमा

नाबालिगलाई क्लब छिर्न दिएको आरोपमा एलओडीका कर्मचारी नियन्त्रणमा

काठमाडौं । काठमाडौं प्रहरी परिसरले चर्चित नाइट क्लब एलओडीका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ । एलओडीका दुई सन्चालकलाई सरकारी वकिल कार्यालयले छाडेको केही दिनपछि प्रहरीले कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा म्यानेजर सहदेव स‍ेढाई र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको जनाइएको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले यसअघि सन्चालकहरु घटना भएको दिन क्लबमा नआएको र उनिहरु लगानीकर्ता मात्र भएकाले सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको बताउँदै प्रत्यक्ष संलग्न देखिएका कर्मचारीलाई नियन्त्रणमा लिइएको बताए ।

नाबालिगलाई क्लबमा छिराएको भन्दै प्रहरीले एलओडीका साहुलाई नियन्त्रणमा लिएको थियो । ती नाबालिग सानेपामा पुगेर बलात्कृत भएपछि प्रहरीले एलओडीले लापरबाही गरेको निष्कर्ष निकालेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका