जोडिनुहोस
  • होमपेज
  • बारबाट निकालेको रिसमा आगजनी, ११ जनाको मृत्यु

बारबाट निकालेको रिसमा आगजनी, ११ जनाको मृत्यु

मेक्सिको । बाहिर निकालेको रिसमा मेक्सिकोस्थित एक बारमा आगजनी गरेको आशङ्कामा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । आगलागीमा ११ जनाको मृत्यु भएको प्रहरीको भनाई छ ।

यो घटना शुक्रबार राति अमेरिकाको सीमा नजिक रहेको सान लुइस रियो कोलोराडोमा भएको थियो । अधिकारीहरूका अनुसार रक्सीले लट्ठ एक युवकले आफू निकालिएको रिसमा बियर हाउस बारमा ‘मोलोटोभ ककटेल’ (प्रज्वलनशील पदार्थ भएको बोतल) प्रहार गरेका थिए ।

महिलालाई अभद्र व्यवहार गरेको कारण उनलाई बारबाट निकालिएको बताइएको छ । सान लुइस रियो कोलोराडोका मेयरले शनिबार साँझ ट्वीट गर्दै आरोपितलाई पक्राउ गरेको जानकारी दिए । उनको नाम भने खुलाइएको छैन ।

घटनामा मारिनेमा ७ पुरुष र ४ जना महिला रहेका छन् । अन्य ४ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको सोनोरा स्टेट एटर्नी जेनेरल अफिसले आफ्नो विज्ञप्तिमा जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका