जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा अत्यधिक गर्मी, बिरामीले भरिए अस्पताल

अमेरिकामा अत्यधिक गर्मी, बिरामीले भरिए अस्पताल

न्युयोर्क । मौसममा आएको परिवर्तन (ग्लोवल वार्मिङ)का कारण अहिले विश्वमा ठुलो उथलपुथल देखिएको छ । बाढी र गर्मी दुवै एउटै देशमा देखिएका छन् ।

अमेरिकामा चर्को गर्मी छ । गर्मीमा यति धेरै गर्मी हुन्छ कि मानिसहरू घरबाट निस्कने बित्तिकै धमाधम बिरामी पर्न थालेका छन् ।

एरिजोनाका केही भागहरूमा बर्न युनिटहरूमा एक तिहाइ बिरामीहरू गर्मीकै कारण अस्पताल भर्ना हुन बाध्य भएका छन् । फिनिक्सको भ्याली वाइज हेल्थका बर्न सर्भिसका निर्देशक डा केभिन फोस्टरले आईसीयूमा रहेका आधाभन्दा बढी बिरामी आफैँ लडेर बेहोस भएको बताए । फिनिक्स सहरमा अहिले लगातार २४ दिनसम्म ११० फरेनहाइट (४३ डिग्री सेल्सियस) माथिको तापक्रम रेकर्ड तोडिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका