जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा वार्ता

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा वार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । संवैधानिक परिषद् बैठक बस्नु एक दिन अघि सोमबार दुई नेताबीच भेटवार्ता हुनुलाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बीच भेटवार्तामा मुख्यतः सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउनेका साथै संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० देखि अनिवार्य अवकाशमा जान लागेका छन् । यसअघि आइतबार पनि ओली, प्रचण्ड र शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका