जोडिनुहोस
  • होमपेज
  • इजरायल र हमासबीच बिहानैदेखि गोलाबारी, युद्धका लागि तयार रहेको इजरायली सेनाको घोषणा

इजरायल र हमासबीच बिहानैदेखि गोलाबारी, युद्धका लागि तयार रहेको इजरायली सेनाको घोषणा

इजरायल र हमासबीच बिहानैदेखि गोलाबारी चलिरहेको छ । बिहानैदेखि दुवै पक्षबाट ठूलो मात्रामा गोलाबारी र रकेट हानाहान भइरहेको छ । जवाफी कारबाही गरिरहेको इजरायलले युद्धका लागि तयार रहेको घोषणा गरेको छ । गाजा पट्टीबाट रकेट आक्रमण र इस्लामिक लडाकु समूह हमासका बन्दुकधारीहरु प्रवेश गरेपछि इजराइली प्रतिरक्षा फौज आईडीएफले युद्धका लागि तयार रहेको घोषणा गरेको बीबीसीले जनाएको छ ।

इजरायली सेनाले निकालेको विज्ञप्तिमा इजरायल युद्धका लागि तयार देशका रूपमा घोषणा गरेको उल्लेख छ । आईडीएफले देशका दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दाहरूलाई सुरक्षित अवस्थामा रहन भनेको छ ।

आईडीएफले गाजा पट्टीमा जवाफी आक्रमण गरिरहेको बताएको छ । हमासले गरेको अप्रत्याशित आक्रमणको झन्डै दुई घन्टापछि आईडीएफले जवाफी आक्रमण शुरु गरेको हो । गाजा पट्टीबाट इजरायलतर्फ हमासले गरेको रकेट आक्रमणमा परी मर्ने सङ्ख्या चार जना पुगेको छ । हमासले आफूहरुले २० मिनेटको अवधिमा झण्डै पाँच हजारवटा रकेट आक्रमण गरेको बताएको छ ।

सन् २००७ मा हमास सत्तामा आएपछि इजरायलले गाजामा प्रतिबन्ध लगाउँदै आएको छ । त्यसयता प्यालेस्टिनी लडाकु र इजरायलबीच पटक पटक युद्ध भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका