जोडिनुहोस
  • होमपेज
  • प्रचण्ड, माधव नेपालहरुमा दक्षिणपन्थी अवसरवाद देखा पर्‍यो  उपाध्यक्ष बादल

प्रचण्ड, माधव नेपालहरुमा दक्षिणपन्थी अवसरवाद देखा पर्‍यो  उपाध्यक्ष बादल

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वामदेव गौतमहरुमा दक्षिणपन्थी अवसरवाद देखा परेको बताएका छन् ।

‘उनीहरुमा अराजकतावादी प्रवृत्ति देखा पर्‍यो । जनताको अगाडि उनीहरुलाई नङ्ग्याउने र भण्डाफोर गरेर एमालेको झण्डामुनी राख्न जरुरी छ,’ उनले भने, ‘अन्यथा मिसन २०८४ सफल हुँदैन । मिसन २०८४ समाजवादी आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने वर्ष हो ।’उनले हाल पुँजीपति र श्रमजीवी वर्गबीच उथलपुथल भइरहेको बताए । गणतन्त्र स्थापना पछि एमालेको दसौँ महाधिवेशनले नयाँ राजनीतिक निष्कर्ष निकालेको भन्दै समाजवादी आन्दोलनमा प्रवेश गरेको उनको भनाई छ ।

‘समाजवादको कार्यदिशा निर्माण गर्ने नै दसौँ महाधिवेशनको निष्कर्ष हो,’ उनले भने, ‘निर्वाचनमा बहुमत ल्याएर हामी समाजवादको आधार निर्माण गर्न सक्छौँ । हामी समाजवादी मुद्दामा हेलिन आवश्यक छ ।’

उपाध्यक्ष थापाले वामपन्थी आन्दोलन विभक्त रहेको भन्दै सच्चा वामपन्थीहरुलाई एकताबद्ध बनाउनुपर्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका