जोडिनुहोस
  • होमपेज
  • कोशी प्रदेश सरकारबाट बाहिरियाे एमाले

कोशी प्रदेश सरकारबाट बाहिरियाे एमाले

विराटनगर— कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएका हुन्।

उनले शनिबार बिहान मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री केदार कार्कीले हिजो माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादी कमलप्रसाद जबेगुलाई विना विभागीय मन्त्री बनाएका थिए । एमालेले आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।

नेकपा एमाले तथा कांग्रेसका ८ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीले २८ असोजमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका