जोडिनुहोस
  • होमपेज
  • कांग्रेसले गठन गर्यो महामन्त्रीद्वयको संयोजकत्वमा समिति

कांग्रेसले गठन गर्यो महामन्त्रीद्वयको संयोजकत्वमा समिति

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा विपत व्यवस्थापनका सँगसँगै सबैै कामहरू गर्ने गरी विपत व्यवस्थापनमा अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ । समितिले सबै संयन्त्र परिचालन र राज्यसँग समन्वय गर्नेछ । समितिले पार्टी पंक्ति परिचालन पनि गर्ने अधिकार पनि पाएको छ ।

आइतबार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको कार्यसम्पादन समितिको बैठकले कांग्रेसले भूकम्पबाट प्रभावितलाई उद्धार, राहत र पुनस्र्थापनाको लागि सरकारसँग माग गरेको छ । कांग्रेसले राहत वितरणमा पक्षपात र अनियमितता नहोस् भनेर अनुरोध पनि गरेको छ । राहत वितरण र पुनर्स्थापनामा अति विपन्नमाथि कतै अन्याय हुन्छ कि भनेर कांग्रेसले चिन्ता पनि जनाएको छ ।

कांग्रेसले शनिबार नै सरकारको विपत व्यवस्थापन तथा राहत कोषमा ५० लाख दिने घोषणा गरिसकेको छ । कांग्रेसले नेता कार्यकर्ताबाट जम्मा भएको ५० लाखमा थप रकम संकलन गरेर सरकारमार्फत भूकम्प प्रभावित जिल्लाका पीडित जनतालाई उपलब्ध गराउने निर्णय गरेको हो ।

कांग्रेसले पार्टीको विपत व्यवस्थापन कोषमा सहयोगका लागि आह्वान गरेको छ । सोही आह्वानअन्तर्गत केन्द्रीय सदस्य जीपछिरिङ लामाले ११ लाख र संविधान सभा सदस्य दीव्यमणि राजभण्डारीले पाँच लाख सहयोग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका