जोडिनुहोस
  • होमपेज
  • सरकारका काममा हस्तक्षेप नगर्न कर्मचारीलाई मन्त्री किरातीको निर्देशन

सरकारका काममा हस्तक्षेप नगर्न कर्मचारीलाई मन्त्री किरातीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणको २५ औं वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नीति नियम बनाउने काम प्रधानमन्त्री र सरकारको भएको भन्दै सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । उनले नेपाल वायुसेवा निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’ को विषय कर्मचारीको नभइ सरकारको भएकाले यसमा अनावश्यक टिकाटिप्पणी नगर्न पनि कर्मचारीहरुलाई चेतावनी दिए । उनले नेतृत्वमा रहेकाले बनाएको नीतिमा कर्मचारीहरु हिँड्न सक्नुपर्ने उल्लेख गरे ।

ग्राउन्ड ह्यान्डलिङको विषयमा आवश्यक परे राष्ट्रिय सहमति नै आवश्यक पर्ने उनको भनाइ छ । मन्त्री किरातीले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने, हवाई सेवा यात्रुमैत्री बनाउन ध्यान केन्द्रीत रहेको बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलहरुको सञ्चालनका लागि पीपीपी मोडलबाट अघि बढाइने धारणा राखे । कार्यक्रममा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले नेपालको बायुसेवालाई बलियो बनाउन सबी पक्षबीच सहकार्य आवश्यक रहेको बताए । उनले आफूले व्यक्तिका लागि नभइ संस्थाका लागि काम गर्दा आएका आलोचनाहरुलाई सहज रुपमा लिने जिकिर गरे । कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?