जोडिनुहोस
  • होमपेज
  • रुसमा सैनिक विमान दुर्घटना, युक्रेनी युद्धबन्दीसहित ६५ जनाको मृत्यु

रुसमा सैनिक विमान दुर्घटना, युक्रेनी युद्धबन्दीसहित ६५ जनाको मृत्यु

रुसमा सैनिक विमान दुर्घटनामा परेको छ । युक्रेनसँगको सीमानजिकैको बेलगोरोद क्षेत्रमा इल्युशिन आईएल ७६ विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । दुर्घटनामा परी हालसम्म ६५ जनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रुसको रिया नोभेस्ती समाचार संस्थाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा युक्रेनमा जारी युद्धका क्रममा बन्धक बनाइएका युक्रेनी सैनिकहरु पनि छन् । क्षेत्रीय गभर्नर भियाचिस्लाभ ग्लादकोभले घटनाबारे आफू जानकार रहेको बताएपनि थप विवरण दिएका छैनन् । त्यसैगरी रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि घटनाबारे जानकारी प्राप्त भएको बताएका छन् । उनले पनि यसबारे थप विवरण दिएका छैनन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा रुसको याब्लोनोभो गाउँनजिकै विमान दुर्घटनामा पर्नुअघि ठूलो विष्फोटको आवाज सुनिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका