जोडिनुहोस
  • होमपेज
  • आज माघे औँसी, त्रिबेणी धाममा श्रद्धालुको घुइँचो

आज माघे औँसी, त्रिबेणी धाममा श्रद्धालुको घुइँचो

नवलपरासी पूर्व । पूर्वी नवलपरासीको पवित्र धार्मिक तथा पर्यटकिय स्थल त्रिबेणी धाममा आज माघे औसीँको मेला भर्न हजारौ श्रद्धालुको घुइँचो लागेको छ ।

हिन्दु मान्यता अनुसार विशेषगरी माघे औँसीको दिन त्रिवेणी धामस्थित नारायणी नदिमा स्नान गरेपछि सुर्यको अराधना गरेमा चिताएको मनोकामना पुरा हुने विश्वास रहेको छ । मेला भर्न नेपालका विभिन्न स्थान र भारतको बिहार तथा उत्तर प्रदेश बाट आएका भक्तजनहरूको त्रिवेणी धाममा भिड लागेको छ ।

स्वर्णभद्रा, पुर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीका घाटहरु स्नानका लागि व्यवस्थित बनाईको छ । मेलाको भिडभाडमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दे सुरक्षाकर्मिको सङख्या पनि बढाईएको छ भने उद्धारका लागी शसस्त्र प्रहरीको उद्धार टोली पनि खटिएको छ ।

वाल्मीकि ऋषिको तपोभूमि त्रिवेणीधाममा माघे औँसीमा स्नान गरेर दान पुन्य गर्नाले पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास रहेको छ । माघे औँसीको अघिल्लो दिन यहाँका मठमन्दिरमा रातभर जाग्राम बस्ने र औसीको दिन स्नानपछि पूजाआजा र दान गर्ने चलन रहेको छ ।

भारतको विहार, उत्तर प्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजन यहाँ स्नान र पूजापाठका लागि आउने गर्छन् । तीन दिनसम्म लाग्ने माघेऔँसी मेलामा नेपाल र भारतका भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका