जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल फागुन ५ गते शनिबारको राशिफल

आज २०८० साल फागुन ५ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दैनिकी राम्रो छ। गुमेको धन फिर्ता हुनेछ। मित्रले सहयोग गर्नेछन्। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ।

वृषः सञ्चित धनको खर्च हुनसक्छ। धेरै बोल्ने साथीको बहुमत भए पनि तपाईंले न्याय पाउने योग छ। शिक्षामा सफलता प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन सामान्य छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति गर्न अल्छीपनलाई त्याग्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीमा भने फाइदा हुनेछ। गुरुको साथ मिल्नेछ भने परिवारको सहयोग मिल्नेछ।

कर्कटः दैनिकी सामान्य छ। झुटा आरोप लाग्न सक्छन्। वादविवाद हुनसक्छ। पिपलमा पानी चढाएमा धेरै समस्याको समाधान हुनेछ। परिवारमा सुख, शान्ति, साथ र सहयोग रहनेछ।

सिंहः दैनिकी राम्रो छ। अधुरा काम बन्ने योग छ। शिक्षामा लाभ हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्ने जोखिम देखिन्छ।

कन्याः दिन राम्रो छ। आर्थिक लाभ हुने योग छ। सामाजिक क्षेत्रमा मन जानेछ। धार्मिक क्षेत्रको घुमघाम हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

तुलाः समय राम्रो छ। अपेक्षा नगरेको क्षेत्रबाट साथ र सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सकारात्मक बन्नेछ। दुई पाङ्गे्र साधनमा लामो यात्रा नगर्नु राम्रो हुनेछ। समाजसेवाको अवसर जुट्ने देखिन्छ।

वृश्चिकः १० वटा राम्रा कामलाई लुकाएर एउटा गलत कामको पर्खाइमा समाज सक्रिय छ। शनिलाई सन्तुष्ट पार्न पिपलमा पानी चढाउनुपर्ने देखिन्छ। दाजुभाइको तर्फबाट सहयोग मिल्नेछ।

धनुः दिन राम्रो छ। समस्याको समाधान आफै हुनेछ। शिक्षामा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। लगानीका क्षेत्र खोज्दा स्वदेशमै लगानी गर्नु राम्रो हुन्छ। परिवारको सहयोग मिल्नेछ।

मकरः आरोपको सामना गर्नुपर्ने हुनसक्छ। शनिदेवलाई खुशी पार्न पिपलको दर्शन गरे सबै काम बन्नेछन्। बन्धुबाट सहयोग मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः दिन सामान्य छ। समय नबुझ्दा रोगले सताउने देखिन्छ। खानपानमा ख्याल गर्नुहोला। वैदेशिक लगानीमा ठगबाट सचेत बन्नुपर्छ। परिवारको साथ र सहयोग राम्रो हुनेछ।

मीनः दिन राम्रो छ। आर्थिक लाभ र सामाजिक सम्मान हुनेछ। वैदेशिक लगानीमा फाइदा हुनेछ। समय राम्रो काममा खर्च हुनेछ। परोपकार गर्नुले फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका