जोडिनुहोस
  • होमपेज
  • महासमिति बैठकपछि पार्टीमा देखिएको गुट-उपगुट अन्त्य हुन्छ; शेखर कोइराला

महासमिति बैठकपछि पार्टीमा देखिएको गुट-उपगुट अन्त्य हुन्छ; शेखर कोइराला

कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले महासमिति बैठक पछि पार्टीमा देखिएको गुट उपगुट अन्त्य भएर जाने कुरामा विश्वस्त हुन सबैलाई अनुरोध गरेका छन् ।ललितपुरको गोलाबारीमा जारी महासमिति बैठकमा खबरहबसँग कुराकानीमा उनले १५ औँ महाधिवेशनमा कांग्रेसले नयाँ मुहार फेर्ने समेत बताए ।

उनले भने, ‘हामी यो महासमिति बैठक नीति महाधिवेशनबाट कांग्रेस पार्टीलाई नयाँ धारमा लिएर जान्छौँ । सबै साथीहरूबाट आएको सुझाव पनि यसमा समेटिन्छ । अहिले ग्रुपमा छलफलमा साथीहरूले उठाएका कुरा सम्बोधन हुन्छ ।’

कोइरालाले कांग्रेस विचारको राजनीतिमा स्वतन्त्र भएकाले सबै सदस्यको भावनाको कदर पनि गर्ने बताए । कांग्रेसले तल्लो तहका जनताको कुरा बुझ्दा बुझ्दै पनि केही समस्याका कारण सम्बोधन नभएको दाबी गरे । ७ गतबाट ललितपुरको गोलाबारीमा जारी महासमिति बैठक १० गते बुधवार सकिने भनिएको भए पनि ११ गतेसम्म लाग्न सक्ने बताइएको छ । सोमबार र मंगलबार विभिन्न प्रतिवेदन पेस भएका छन् । बुधवार ४ वटा ग्रुपमा प्रस्तुत भएका प्रतिवेदनको डिस्कसन चलिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका