जोडिनुहोस
  • होमपेज
  • वन अधिकृतसहित २४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

वन अधिकृतसहित २४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौं।महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहसहित २४ जनाविरुद्ध सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित २४ जनाविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यस्तै अख्तियारले डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुरविरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध पनि ११ लाख ९६ हजार ६९५ रुपैयाँ बिगो माग दाबी गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ।

यस्तै रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेम बहादुर थापा, सचिव धन कुमारी मगर भनिने धन कुमारी, तत्कालीन सदस्यहरू उर्मिला थापा मगर र पूर्ण बहादुर सुस्लिङ्ग, महोत्तरी, बर्दिबास नगरपालिका-१ बस्ने जग्गाधनीद्वय लिलामणि आचार्य र कृष्ण प्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एम बहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री र सिन्धुलीको सुनकोशी गाउँपालिका-४ का रूख कटान गर्ने ठेकेदार सन्दिप नेपालीविरूद्ध पनि अख्तियारले ११ लाख ९६ हजार ६९५ रुपैयाँ बिगो माग दाबी गरेको छ।

यसैगरी सवडिभिजन वन कार्यालय बर्दिवास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव, फरेस्टर सन्तोष कुमार साह, वन रक्षकहरू राज किशोर झा, अजय कुमार यादव, राकेश कुमार यादव, नारायण ढुंगेल र दिलिप महतोविरुद्ध पनि भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

नापी कार्यालय, बर्दिवास महोत्तरीका तत्कालीन अमिन राम दरश राउत, मालपोत कार्यालय बर्दिबास, महोत्तरीका तत्कालीन नायब सुब्बा ओम प्रकाश खड्का र बर्दिबास नगरपालिका वडा नं। १ का तत्कालीन वडा सदस्य शान्ता देवी श्रेष्ठ, बर्दिबास नगरपालिका वडा नं। १ का तत्कालीन वडाध्यक्ष चुडामणि पोखरेल र रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेर बहादुर राउत विरुद्धसमेत अख्तियारले मुद्दा दायर गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका