जोडिनुहोस
  • होमपेज
  • पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न तथा सेवनमा निषेध गरेको हो । तीर्थयात्रीको सुरक्षा र स्वास्थ्यलाई दृष्टिगत गरी मदिरा निषेध गरिएको जनाइएको छ ।

पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको सेवन, ओसारपसार र बिक्री पूर्ण रूपमा निषेध गरिएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षसँग समितिले आग्रह पनि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका