जोडिनुहोस
  • होमपेज
  • कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन् ।

बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिको तथ्याङ्कअनुसार मेलामा सामान्य अवस्थामा दैनिक १५ हजारभन्दा बढी र महास्नानका बेला २५ देखि ३० हजार दर्शनार्थी सहभागी हुने गरेका छन् ।

आयोजकले एक महिनाभरमा करिब ३० लाख दर्शनार्थी सहभागी हुने अनुमान गरेर सोहीअनुरूप मेलाको व्यवस्थापन गरिएको जनाएको छ । दश दिन बितिसक्दा जम्मा दुई लाखमात्र दर्शनार्थी सहभागी हुनुले लक्ष्यअनुसार एक महिनामा ३० लाख दर्शनार्थी सहभागी आउन सम्भव नहुने चर्चा चलिरहेको छ ।

सप्तकोसीमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमघाम गर्न दर्शनार्थी आइरहेका छन् ।त्यस्तै मधेसका सप्तरी, सिरहादेखि भारतबाटसमेत उल्लेख्यरुपमा दर्शनार्थी आइरहेको आयोजकको भनाइ छ । टाढादेखि आउने दर्शनार्थीका लागि खाना र बस्नको व्यवस्था मिलाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका