जोडिनुहोस
  • होमपेज
  • अमेरिकाले पारित गर्‍यो युक्रेनका लागि ६१ अर्ब डलरको राहत प्याकेज

अमेरिकाले पारित गर्‍यो युक्रेनका लागि ६१ अर्ब डलरको राहत प्याकेज

काठमाडौँ । युक्रेनलाई सहयोग गर्न अमेरिकी प्रतिनिधि सभाले ६१ अर्ब डलरको राहत प्याकेज पारित गरेको छ । युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३११ मत परेको थियो । तर, यो प्रस्तावको विपक्षमा पनि ११२ मत परेको थियो ।

अब यो प्रस्ताव पारितका लागि अमेरिकी सिनेटमा जानेछ । अबको केही दिनमा सिनेटबाट पारित हुने अपेक्षा गरिएको छ । यसलाई सिनेटमा पारित गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गरी कानुनको रूपमा मान्यता दिनेछन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस सहयोगबाट युद्धलाई अगाडि बढ्नबाट रोक्ने र हजारौंको ज्यान जोगाउन सकिने बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रस्ताव पारित भएकोमा खुशी व्यक्त गरेका छन् ।

‘लोकतन्त्र र स्वतन्त्रता सधैं विश्वव्यापी रूपमा महत्त्वपूर्ण हुनेछ, र तिनीहरू कहिल्यै असफल हुन सक्दैनन् जबसम्म अमेरिका उनीहरूको रक्षा गर्न त्यहाँ छ,’ उनले भने । यस प्रस्तावमा इजरायललाई करिब २६ अर्ब डलर बराबरको सैन्य सहायता पनि दिइएको छ । गाजामा मानवीय सहायताका लागि करिब ९ अर्ब डलर राहत प्याकेजमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका