जोडिनुहोस
  • होमपेज
  • वोल्भ्समाथि आर्सनलको सहज जित

वोल्भ्समाथि आर्सनलको सहज जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वोल्भ्समाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वोल्भ्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड र मार्टिन ओडेगार्डले एक एक गोल गरेका थिए ।

यो जितपछि आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । ३३ खेलमा ७४ अंकसहित आर्सनल शिर्ष स्थानमा छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी वोल्भ्सको भने ३३ खेलमा ४३ अंक रहेको छ र लिगमा ११औ स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका