जोडिनुहोस
  • होमपेज
  • सिरहामा पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड

सिरहामा पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड

सिरहाको लहानमा आयोजित सामुदायिक तथा सार्वजनिक पुस्तकालयको मधेश प्रदेशस्तरीय सम्मेलनमा सरोकारवालाले पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रभावले सतही अध्ययनका आधारमा धारणा बनाउनेको जमात बलियो बनेको भन्दै किताब पढ्ने बानी र गहिरो अध्ययन गर्ने बानी हराउँदै गएकामा सम्मेलनका वक्ताले चिन्तासमेत व्यक्त गरेका छन् ।

कार्यक्रममा सङ्घीय सांसद गङ्गाप्रसाद यादवले पुस्तकालयमा पठनपाठन गर्न जाने संस्कृति हराउँदै गएको उल्लेख गर्दै पठन संस्कृतिको विकास गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । समाज विकासको जग नै शिक्षा भएकोले पठन संस्कृतिको विकास गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका