जोडिनुहोस
  • होमपेज
  • रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा फरक–फरक कम्पनीहरुबीचमा सम्झौता भएको छ ।

मुगुको रारामा रिसोर्ट बनाउने विषयमा रारा होल्डिङ्स प्रालि र अष्ट्रेलियाको एक्सपर्ट ग्रुपबीचमा सम्झौता भएको हो । त्यस्तै, कपिलवस्तुको गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा साखः एन्ड कम्पनी र अनफरमन ग्रुपबीच सम्झौता भएको छ ।

मुगुको छायानाथ नगरपालिका, मुर्माटपमा १ अर्ब १० करोडको लगानीमा ८० रोपनी क्षेत्रफलमा लक्जरी रिसोर्ट निर्माण गरिने जनाइएको छ । सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल र सञ्जिब शर्मा र रारा होल्डिङ्सको तर्फबाट अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, गोरुसिंगेमा २२ बिगाहा जग्गामा २ अर्ब रुपैयाँको लागतमा रिसोर्ट निर्माण गर्ने विषयमा साखः ग्रुप र हङकङको अनफरमन ग्रुपबीच सम्झौता भएको छ । सम्झौतामा साखः कम्पनीका अध्यक्ष किरण साख र अनफरमन ग्रुपकी अध्यक्ष ली पिङले हस्ताक्षर गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका