जोडिनुहोस
  • होमपेज
  • कर्णालीमा ५ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

कर्णालीमा ५ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् । उनले आज माओवादीका ३ र एमालेका २ जनालाई मन्त्री नियुक्त गर्दा एक जनालाई राज्यमन्त्री बनाएका छन् ।

माओवादीबाट मन्त्री हुनेमा कालिकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही रहेका छन् । केसीले आर्थिक मामिलामन्त्री, शाहीले सामाजिक विकास र रावतले उद्योग वन तथा पर्यटन मन्त्रालयको जिम्मा पाएका छन् । यस्तै यसअघि बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका रणसिंह परियारले उर्जा मन्त्रालयको जिम्मा पाएका छन् ।

मुख्यमन्त्री कँडेलले आफ्नो दल एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोद कुमार शाहलाई नियुक्त गरेका छन् । उनले सांसद गोमता विकलाई भौतिक राज्यमन्त्री बनाएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैंले राखेका छन् ।

उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका