जोडिनुहोस
  • होमपेज
  • भारतीय दूतावासद्धारा पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिटको आयोजना

भारतीय दूतावासद्धारा पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिटको आयोजना

काठमाडौँ— काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य संघसँगको सहकार्यमा ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट’ को आयोजना गरेको छ ।

कार्यक्रममा ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानून क्षेत्रलाई समेट्दै सो बैठकमा मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) र नेपाल–भारत उद्योग वाणिज्य संघका ३५ जना प्रतिनिधिले सहभागीता जनाएका थिए ।

कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघकी अध्यक्ष सृजना राणाले भारतीय र नेपाली व्यापारबीच सहकार्यका लागि जलविद्युत, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको बताइन् ।

मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) का अध्यक्ष राजदूत अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सराहना गर्दै भारत–नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बीटूबी कनेक्सनको महत्व रहेको बताए ।

उक्त बीटूबी बैठकमा नेपाल–भारत उद्योग वाणिज्य संघ र एमआईसीसीआईएबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका