जोडिनुहोस
  • होमपेज
  • राष्ट्रसंघलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छ : मन्त्री यादव

राष्ट्रसंघलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छ : मन्त्री यादव

काठमाडौं।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सबल र प्रभावकारी संयुक्त राष्ट्रसंघ बनाउन नेपालको पूर्ण सहयोग रहने बताएका छन्।

संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या तथा विकास आयोगको ७५औँ बैठकमा भाग लिन न्यूयोर्कमा रहेका मन्त्री यादवले राष्ट्रसंघको ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग भएको भेटमा यस्तो प्रतिबद्धता जनाएका हुन्।

यादवले जलवायु परिवर्तन र नेपालजस्ता अति कमविकसित देशले भोग्नुपरेका समस्या र त्यसको असरका बारेमा चर्चा गर्दै दिगो पर्यटन विकास, अन्तर्राष्ट्रिय सहयोग तथा बहुपक्षीयताको महत्त्वबारे धारणा राखे। उनले शान्ति, समृद्धि र दिगो विकासका निम्ति अध्यक्ष फ्रान्सिसले अगाडि बढाएका प्राथमिकताप्रति नेपालको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

महासभाका अध्यक्षले नेपालको स्वास्थ्य क्षेत्र, विशेषगरी मातृ तथा प्रजनन स्वास्थ्यमा भएको उल्लेखनीय सुधारको सराहना गर्दै नेपालको दिगो विकासका लक्ष्य प्राप्ति तथा जलवायु परिवर्तनका असर घटाउन राष्ट्रसङ्घले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसअघि नेपालसहित डेनमार्क, आयरल्याण्ड, स्वीडेन, कोलम्बिया र संयुक्त अधिराज्यले राष्ट्रसंघमा संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा नेपालले गरेका प्रगति तथा चुनौतीबारे जानकारी दिए।

त्यस अवसरमा संयुक्त राष्ट्रस‌घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारी उपस्थित थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका