जोडिनुहोस
  • होमपेज
  • अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

रूपन्देही ।केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ।

वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो।

गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन बिदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विज्ञप्तिमार्फत जनाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका