जोडिनुहोस
  • होमपेज
  • मादी नदीमा धमाधम पुल निर्माण हुँदै

मादी नदीमा धमाधम पुल निर्माण हुँदै

तनहुँ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ । सवारी साधन सञ्चालन गर्न मिल्ने तीन सय १५ मिटर लामो पुलको २० प्रतिशत निर्माण पूरा भएको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले जनाएको हो ।

निर्माणाधीन पुलको सात वटा ‘फाउन्डेसन’मध्ये पाँच वटाको काम धमाधम भइरहेको छ । वर्षायाम प्रारम्भ हुनुअघि फाउन्डेसनको सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

“उक्त कार्य सम्पन्नपश्चात् पानीमाथि गरिने ‘सुपर स्टक्चर’बाहेक अन्य फाउन्डेसनका कार्य गर्ने लक्ष्य छ”, उनले भने, “अहिले पानीमुनि गरिने पाइलिङ, पाइल क्याप र पिलरको काम भइरहेको छ ।”

‘हालको पुलबाट करिब ५० मिटर पर नयाँ पुल निर्माण भइरहेको छ,’ उनले भने, “पुल निर्माणका लागि रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता छ ।” उक्त राजमार्गमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारका जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका