जोडिनुहोस
  • होमपेज
  • बुधबार घटेको सुनको मूल्य आज फेरि बढ्यो

बुधबार घटेको सुनको मूल्य आज फेरि बढ्यो

काठमाडौं।बुधबार घटेको सुनको मूल्य बिहीबार फेरि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य २ हजारले वृद्धि भएको छ।

अघिल्लो कारोबार दिन १ लाख ३४ हजार ५ सयमा कारोबार भएको सुन आज मूल्य वृद्धि भइ १ लाख ३६ हजार ५ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख ३५ हजार ८ सय ५० रहेको छ।

बुधबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य १ हजार ६ सय ३० रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार ६ सय ४५ रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका