जोडिनुहोस
  • होमपेज
  • ओली भन्छन् :उपनिर्वाचनमा एमालेको जित मिसन ०८४ को सुरुवात हो

ओली भन्छन् :उपनिर्वाचनमा एमालेको जित मिसन ०८४ को सुरुवात हो

काठमाडौं( नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गतेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ को जितले मिसन ०८४ बलियो बनाएको बताएका छन् ।

‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रमलाई सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘दुईवटा उपनिर्वाचन एमालेले जित्यो’, उनले भने, ‘यो हाम्रो मिसन ०८४ सफलताको सुरुवात हो । हामी मिसन ०८४ लाई सफल बनाएर छाड्छौँ ।’

ओलीले एमालेलाई सक्न धेरै कोसिस भएका बताए ।

‘एमालेलाई सिद्धाउन पटक पटक कोसिस गरे तर सफल हुन सकेनन्’, उनले भने, ‘सबै साथीहरूलाई मिसन ०८४ मा सहभागी हुन अपिल छ । आन्दोलन बलियो र विजयी भए नेता कार्यकर्ता त्यसै बलियो हुन्छन् । आफूलाई वामपन्थी भन्ने सबै शक्ति र व्यक्तिलाई एमालेको धारमा मिसिन आग्रह गर्छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका