जोडिनुहोस
  • होमपेज
  • सर्वदलीय बैठक निष्कर्षविहीन, गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनैपर्ने कांग्रेसको अडान

सर्वदलीय बैठक निष्कर्षविहीन, गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनैपर्ने कांग्रेसको अडान

बजेट अधिवेशनमा संसद् अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाउनुभएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको अडान कायमै राखेपछि बैठकले निष्कर्ष निकाल्न नसकेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीमाथि प्रश्न उठेपछि र उजुरी नै दर्ता भएको अवस्थामा संसदीय छानबिन समिति बनाउनुपर्ने विषय आफूहरूको बटमलाइन भएको बताउनुभयो । तर कांग्रेसको यो अडानमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरू असहमत भएका छन् ।

कांग्रेस सचेतक लेखकले बजेट अधिवेशनमा सदन चल्ने र नचल्ने कुरा सरकारको भूमिकामा निर्भर रहने बताउनुभयो । बजेट अधिवेशन आउँदो शुक्रवारदेखि शुरु हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका