जोडिनुहोस
  • होमपेज
  • अशोक राई सच्चिएर आए हामी स्वीकार्न तयार छौँ : उपेन्द्र यादव

अशोक राई सच्चिएर आए हामी स्वीकार्न तयार छौँ : उपेन्द्र यादव

काठमाडौं( जनता समाजवादी पार्टी नेपाल ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले अशोक राईसहित नयाँ दल खोलेका नेताहरूसँग अझै पनि सहकार्यको सम्भावना जीवित रहेको बताएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले अझै पनि मिल्न सकिने बताएका हुन् ।

‘सच्चिएर आए उहाँहरूलाई हामी स्विकार गर्छौं’, अशोक राईसहित नयाँ जसपा बनाएका समूहबारे यादवले भने, ‘हामी अहिले सरकारमा बसिरहन्छौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मेरो कुरा भइसक्यो ।’

उनले प्रधानमन्त्रीसँग पार्टी विभाजनबारे सामान्य कुराकानी भएको बताए । ‘अरु कुनै कुरा भएन’, उनले भने, ‘पार्टी दर्ता गलत छ । कानुन र राजनीतिक रुपले हाम्रो यात्रा कायम छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका