जोडिनुहोस
  • होमपेज
  • कोशीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादीले बढाए दबाब

कोशीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादीले बढाए दबाब

विराटनगर – कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्न मागसहित नेपका एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू प्रदेश प्रमुख पर्शुराम खापुङकहाँ पुगेका छन् ।

बुधबार बिहान दुई दलबीचको छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लीलाबल्लभ अधिकारी र माओवादी केन्द्रका नेताहरू इन्द्र आङ्बो र जीवन आचार्यसहितको टोलीले खापुङसँग परमार्श गरेको हो ।

प्रदेश प्रमुख खापुङसँग कुराकानीमा नेताहरूले नयाँ सरकार गठन प्रक्रिया थाल्न आग्रह गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि सम्भावित कदमबारे रणनीति बनाउन दुई दलले तयारी थालेका थिए ।

उनीहरूले प्रदेश प्रमुख खापुङसँग बुधबार दिउँसो २ बजे थप छलफल गरिने बताएका छन् । मुख्यमन्त्रीले विश्वासको मत नलिएकोबारे प्रदेश प्रमुख खापुङलाई प्रदेशसभामा जानकारी गराउनुपर्ने आग्रहसहित दुई दलका नेता जुटेका छन् ।

दुई दलका नेताहरूसँगको छलफलपछि कानुनी परामर्श लिएर प्रदेश प्रमुख खापुङले बुधबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्न सक्नेछन् । त्यसकै लागि अहिले खापुङ कानुनी र संवैधानिक परामर्शमा छन् ।

माओववादीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत लिएका छैनन्। त्यहीकारण उनी स्वतस् अल्पमतमा परिसकेकाले एमाले र माओवादी नयाँ सरकार बनाउन जुटेका हुन् ।

बुधबार नै कार्की नेतृत्वको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बसेको छ । उक्त बैठकमा यदि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्यवान गरेमा चाल्न सक्ने रणतीतिबारे मुख्यमन्त्री कार्कीले क्याबिनटका सदस्यहरूसँग परामर्श गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका