जोडिनुहोस
  • होमपेज
  • शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम

शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम

गुल्मीको इस्मा गाउँपालिका–२ छल्दीमा रहेको पालुखा माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा तालिम गराएको छ । विद्यालयले शिक्षक, विद्यार्थी र अभिभावकलाई उत्प्रेरणा तालिम गराएको हो । त्यसमा विद्यार्थी एवं शिक्षकका लागि प्रार्थना व्यवस्थापन सम्बन्धि तालिम गराइएको थियो ।

कालिका मानविज्ञान माध्यमिक विद्यालयका शिक्षक हरिश ओलीले दुई दिनसम्म व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी एवं एक दिन अभिभावक, व्यवस्थापन समिति, विद्यार्थी र शिक्षकलाई उत्प्रेरणा तालिम दिएका थिए। तालिमको अन्तिम दिन विद्यार्थीहरूले आफ्ना अभिभावकलाई टीका र माला लगाएर सम्मान गरेका थिए ।

नेपाली संस्कृतिअनुसार अभिभावकलाई छात्रहरूले ढोग र छात्राहरूले नमस्कारले सम्मान गरेका थिए । विद्यालयका प्रधानाध्यापक बाबुराम खत्रीले पछिल्लो समय विद्यालय परिवार शैक्षिक गुणस्तर सुधार्न लागिपरेको बताए ।

‘तालिमबाट प्रार्थना व्यवस्थापन, विद्यार्थी, शिक्षक र अभिभावकको सम्बन्धलगायत धेरै विषयमा जानकारी प्राप्त भएको छ’, प्रधानाध्यापक खत्रीले भने, ‘सबै कक्षामा शतप्रतिशत नजिता ल्याउन र विद्यार्थीलाई असल संस्कृतिको विकास गर्न कार्यक्रमको आयोजना गरिएको हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका