जोडिनुहोस
  • होमपेज
  • विरोधीहरूले नेकपा एकीकृत समाजवादी फुट्ने हल्ला चलाए; झलनाथ खनाल

विरोधीहरूले नेकपा एकीकृत समाजवादी फुट्ने हल्ला चलाए; झलनाथ खनाल

नेकपा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गर्दैछ भनेर सुनियोजित रूपमा हल्ला चलाइएको दाबी गर्नुभएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपाल विभाजित भएपछि एकीकृत समाजवादी पनि फुट्न लागेको चर्चाकाबीच नेता खनालेले प्रष्टीकरण दिनुभएको हो । उहाँले विज्ञप्ति निकालेर विरोधीहरूले झुटो हल्ला फैलाएका बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘छ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला तीव्र रूपले फैलाइएको छ । केही अवाञ्छित, स्वार्थी र कम्युनिस्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । यसले पार्टीभित्र एउटा भ्रमको कुहिरो फैलाइदिएको छ ।’

नेता खनालले पार्टी विभाजन हुन लागेको भन्ने कुरा हल्लामात्र भएको भन्दै पार्टी महाधिवेशनलाई भव्यताका साथ बनाउन लागिपर्न नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका