जोडिनुहोस
  • होमपेज
  • बढी कम्पनीको शेयर बढ्दा पनि घट्यो नेप्से, कारोबार साढे २ अर्ब मात्र

बढी कम्पनीको शेयर बढ्दा पनि घट्यो नेप्से, कारोबार साढे २ अर्ब मात्र

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज नेप्से बुधबार झिनो अंकले घटेको छ । आज नेप्से ०।२१ अंकले घटेर १९६०।६० विन्दुमा कायम भएको छ ।

आज २ अर्ब ५४ करोड ७० लाख ३० हजार रुपैयाँ बराबरको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर ४१ हजार १३७ पटक किनबेच भएको छ ।

आज ३०५ वटा कम्पनीको शेयर कारोबार हुँदा १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ । १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बुधबार सेन्सेटिभ इन्डेक्स ०।१७ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०।०९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०।०९ अंकले बढेको छ ।
आज १३ उपसमूहमध्ये ४ वटा समूह बढेको छ भने ८ समूह घटेको छ । बढ्नेमा फाइन्यस, हाइड्रो, लघुवित्त र ट्रेडिङ बढेको छ ।

आज इन्फिनिटी लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने डोटि हाइड्रोपावर ९।७९ अंकले बढेको छ । समता घरेलु लघुवित्तको शेयर मूल्य ९।६७ प्रतिशतले बढेको छ । कुमारी सबल योजना ९म्यूचअल फण्ड० भने १० प्रतिशतले घटेर नकारात्मक सर्किक लागेको छ ।

बुधबार फस्ट माइक्रोपाइनस लघुवित्तको शेयर बढी कारोबार भएको छ । फस्टको १० करोड ६० लाख २८ हजार रुपैयाँको कारोबार भएको छ । आज बढी कित्ता शेयर प्राइम कमर्सियल बैंकको शेयर कारोबार भएको छ । प्राइमको ४ लाख १० हजार ९१५ कित्ता शेयर किनबेच भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका