जोडिनुहोस
  • होमपेज
  • म्यान्माद्वारा आर्थिक वर्ष पाँच लाख टन हरियो चना निर्यात

म्यान्माद्वारा आर्थिक वर्ष पाँच लाख टन हरियो चना निर्यात

म्यान्माले आर्थिक वर्ष सन् २०२३–२४ मा पाँच लाख तीन हजार नौ सय ७० टन हरियो चना निर्यात गरी ३३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी कमाएको देशको वाणिज्य मन्त्रालयले बुधबार जारी गरेको तथ्याङ्कले देखाएको छ ।

गत वर्ष अप्रिल १ देखि सुरु भई यही मार्च ३१ मा सकिएको आर्थिक वर्षमा मुलुकले चार लाख ४६ हजार सात सय ८१ टन हरियो चना समुद्री मार्गबाट ढुवानी गरेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

म्यान्मा दाल, सिमी, मकै र तिलको बीउ व्यापारी सङ्घका म्यान्मामा अक्टोबरमा सुरु हुने जाडो मौसम र अगस्टमा सुरु हुने वर्षाको मौसममा गरी दुई मौसममा हरियो चनाको उब्जनी गरिन्छ ।

म्यान्माले चीन, भारत, इन्डोनेसिया, मलेसियालगायत देशमा हरियो चना निर्यात गरेको सङ्घले जनाएको छ । आर्थिक वर्षमा म्यान्माले १७ लाख ६० हजार टन सिमी र दालको निर्यातबाट एक अर्ब ४८ करोड अमेरिकी डलर कमाएको वाणिज्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका