जोडिनुहोस
  • होमपेज
  • च्याम्पियन्स लिग; फाइनलमा पुग्न रियल मड्रिड र बार्यन म्युनिख खेल्दै

च्याम्पियन्स लिग; फाइनलमा पुग्न रियल मड्रिड र बार्यन म्युनिख खेल्दै

यूईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको दोस्रो लेगमा आज राति स्पेनी क्लब रियल मड्रिड र जर्मन क्लब बार्यन म्युनिख खेल्दैछन् ।

यो खेलमा राति पौने १ बजे रियल मड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबेउ स्टेडियममा हुनेछ । यसअघि बार्यनको घरेलु मैदान एलिनाज एरिनामा भएको सेमिफाइनलको पहिलो लेगमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

क्वार्टरफाइनलमा रियल मड्रिडले इङ्ग्लिस क्लब म्याचनेस्टर सिटी र बार्यन म्युनिखले अर्को इङ्ग्लिस क्लब आर्सनललाई हराएर अन्तिम चारमा पुगेका हुन् । च्याम्पियन्स लिगमा रियल मड्रिड सबैभन्दा सफल टिम हो । रियलले सबैभन्दा धेरै १४ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यस्तै बार्यन म्युनिखले छ पटक उपाधि जितेको छ ।

यसैबीच गए राति भएको खेलमा पेरिस सेन्ट जर्मेइन पीएजसी लाई हराउँदै बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा बेलायतको वेम्ब्ले स्टेडियममा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका