जोडिनुहोस
  • होमपेज
  • आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोपले रगत जम्ने समस्या ल्याएको एस्ट्राजेनेकाको स्वीकार

आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोपले रगत जम्ने समस्या ल्याएको एस्ट्राजेनेकाको स्वीकार

खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप विश्वव्यापी रूपमा फिर्ता लिन शुरु गरेको छ । आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोपले मानिसमा रगत जम्ने र रगतमा प्लेटलेट्स घट्ने समस्या देखिन सक्ने स्वीकार गरेलगत्तै कम्पनीले खोप फिर्ता गर्न थालेको सामाचार संस्था रोयटर्सले जनाएको छ । खोप वितरण शुरु भएको केही समयदेखि नै खोपका कारण रगत जम्ने समस्या देखिने चर्चा भए पनि कम्पनीले पहिलो पटक स्वीकार गरेको हो ।

एस्ट्राजेनेकाले बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर विकास गरेको खोपको प्रयोगले स्वास्थ्यमा गम्भीर असरसँगै मृत्युका घटनासमेत भएको भन्दै अघिल्लो वर्ष कम्पनीविरुद्ध बेलायतको उच्च अदालतमा मुद्दा परेको थियो । त्यही मुद्दाको सुनुवाइका क्रममा एस्ट्राजेनेकाले पहिलो पटक लिखित रूपमा खोपको साइड इफेक्ट्स स्वीकार गरेको हो ।

डाक्टरहरूका अनुसार रगत जम्ने समस्याले रक्तसञ्चारमा अवरोध हुन गई शरीरका मुख्य अङ्ग मुटु र मस्तिष्कमा असर गर्छ । यसका कारण धेरैलाई हृदयाघात र मस्तिष्कघात हुने सम्भावना हुन्छ । यस्तो समस्या देखिनेमध्ये झन्डै २० प्रतिशतको ज्यान जाने गरेको छ । खोप लगाएपछि भएको यस्तो समस्यामा बेलायतमा मात्रै कम्तीमा ८१ जनाको ज्यान गएको आशङ्का छ ।

सन् २०२१ मा एस्ट्राजेनेका खोप लगाएका मानिसलाई असर देखिएपछि शुरुमा डेनमार्कले यो खोपको प्रयोगमा रोक लगाएको थियो । त्यसपछि अरू थुप्रै देशले पनि प्रयोगमा रोक लगाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका