जोडिनुहोस
  • होमपेज
  • कोशीमा सत्ताको किचलो, नयाँ सरकार गठनको आह्वान गर्न एमाले–माओवादीको माग

कोशीमा सत्ताको किचलो, नयाँ सरकार गठनको आह्वान गर्न एमाले–माओवादीको माग

कोशी प्रदेशमा सत्ताको किचलो अझै बढ्ने देखिएको छ । आज नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न माग गरेका छन् । तर प्रदेश सरकारका मन्त्रीहरूले भने बजेट अधिवेशन आह्वानका लागि सरकारले गरेको सिफारिसको स्मरण गराएका छन् ।

आज मन्त्रिपरिषद् बैठक बसेर अधिवेशन आह्वानको विषय प्रदेश प्रमुखलाई पुनः सम्झाउने निर्णय गरेको थियो । सरकारले यसअघि बजेट अधिवेशन आह्वानको सिफारिस गरेकोमा एमाले र माओवादीका ५२ जना सांसदले वैशाखमा विशेष अधिवेशन बोलाउन गरेको समावेदनअनुसार प्रदेश प्रमुखले वैशाख ६ गते विशेष अधिवेशन आह्वान गर्नुभएको थियो ।

अधिवेशनले सङ्कल्प प्रस्तावमार्फत मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन गए रातिसम्मको समय सीमा दिएको थियो । तर तोकिएको समयमा विश्वासको कार्कीले मत नलिएकाले अब नयाँ सरकार गठनका लागि आह्वान गर्न कांग्रेस र माओवादीले प्रदेश प्रमुखसँग माग गरेका छन् ।

कोशी प्रदेशमा सरकारविहीनताको अवस्था सिर्जना भएको दाबी गर्दै उनीहरूले नयाँ सरकार गठनको प्रक्रिया थाल्नुपर्ने जिकिर गरेका छन् । मुख्यमन्त्री कार्कीले भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफू नियुक्त भएकाले दोस्रो पटक विश्वासको मत लिनुनपर्ने दाबी गर्दै आउनुभएको छ । दुवै पक्षको कुरा सुनेपछि प्रदेश प्रमुख खापुङले आफू संविधान, ऐन र कानुनअनुसार अघि बढ्ने बताउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका