जोडिनुहोस
  • होमपेज
  • २ सय १८ किलो ५ सय ग्राम गाँजासहित दुई जना पक्राउ

२ सय १८ किलो ५ सय ग्राम गाँजासहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले मोरङ र पर्साबाट २१८ किलो ५ सय ग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

मोरङको जहदा गाउँपालिका(३ हातिबन्दाबाट २ सय १८ किलो गाँजासहित स्थानीय ३४ वर्षीय भगवान किस्कुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानस्थित मकैबारीमा गाँजा लुकाइराखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्दा उक्त परिमाणको गाँजा बरामद भएको हो ।

उता पर्साको कालिकामाई गाउँपालिका(३ हरिहरपुर बिर्ता बस्ने २३ वर्षीय अखलेश महतो केवटलाई प्रहरीले ५ सय ग्राम गाँजासहित बुधबार साँझ पक्राउ गरेको छ ।

केवटले आफ्नै गोठमा गाँजा लुकाएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कालिकामाई र इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले गोठमा तलासी गरे बरामद गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका