जोडिनुहोस
  • होमपेज
  • कोशीमा हिक्मत कार्कीलाई जसपा सांसदको पनि समर्थन

कोशीमा हिक्मत कार्कीलाई जसपा सांसदको पनि समर्थन

विराटनगर- कोशी प्रदेशमा नयाँ संविधानको धारा १६८ को उपधारा ५ दोस्रो पटक प्रयोग हुँदा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ ।

बिहीबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको हस्ताक्षरसहित उपधारा ५ बमोजिम नयाँ सरकारमा दाबी गरेका कार्कीलाई आफ्नो समर्थन रहेको जसपा सांसद निर्मला लिम्बूले बताइन् ।

निर्मला कोशीमा ताप्लेजुङबाट समानुपातिकमा निर्वाचित जसपाक एक मात्रै सांसद हुन् ।

‘हिक्मत कार्कीलाई मेरो समर्थन छ । सरकारको दाबीमा हस्ताक्षर नभए पनि नयाँ बन्ने सरकारसँगै रहनेछु’, उनले खबरहबलाई भनिन्, ‘नयाँ समीकरणमै रहेर अघि बढ्ने यो मेरो व्यक्तिगत निर्णय हो ।’

जसपा सांसद लिम्बूले समर्थन गरेसँगै हिक्मत कार्कीको पक्षमा उभिने सांसदको संख्या ५३ पुगेको छ ।
यसअघि नेकपा एमालेका ३९ र नेकपा माओवादी केन्द्रका १३ सहित ५२ जना सांसदले हस्ताक्षर दिएर प्रदेश प्रमुखकहाँ सरकारको दाबी गरिएको छ ।

यसैबीच आइतबार विभाजित भएको जसपा नेपालका कुनै समूहतिर आफू खुलिनसकेको लिम्बूले बताइन् ।

उनले आफूलाई अहिले नै त्यसबारे प्रश्न नगर्नसमेत भनिन् । ‘यसबारेमा मलाई अहिले केही नभन्नु होला, यो मेरो व्यक्तिगत निर्णय हो,’ उनले भनिन्, ‘अहिलेलाई म जसपामै छु । थप निर्णय आवश्यकअनुसार लिनेछु ।’

आइतबार अशोक राईसहित ७ संघीय सांसदले पार्टी फुटाउँदाको असर प्रदेशमा पनि परेको छ ।

जसपा विभाजित हुँदा तीन धार देखिएका छन् । एउटा उपेन्द्र यादव नेतृत्वको, अर्को अशोक राई नेतृत्वको र अर्को पहिचान पक्षधर धार निस्किएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका