जोडिनुहोस
  • होमपेज
  • कोशीमा नवनियुक्त मुख्यमन्त्रीको शपथ आजै, दुई मन्त्री नियुक्त गरिँदै

कोशीमा नवनियुक्त मुख्यमन्त्रीको शपथ आजै, दुई मन्त्री नियुक्त गरिँदै

विराटनगर- कोशी प्रदेशका ननियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ बिहीबार साँझ ५ बजे विराटनगरमा हुने भएको छ ।

नेकपा एमाले प्रदेश संसदीय दलका नेता कार्की बिहीबार नेकपा एमाले र माओवादीका ५२ जना सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् ।कार्कीले शपथ लिएलगत्तै सानो आकारमा मन्त्रिपरिषद् गठन गरिने भएको छ । बिहीबार नै एमालेबाट राम राना र माओवादीबाट दुर्गाप्रसाद चापागाईँ मन्त्री नियुक्त हुने सम्भावना रहेको कार्कीनिकट एक नेताले बताए ।

रानालाई अर्थ मन्त्रालय दिने तयारी कार्कीले गरेका छन् । माओवादीका चापागाईंलाई भौतिक प्रर्वाधार मन्त्रालय दिने सहमति बनेको छ ।चापागाईंसँगै माओवादीबाट गणेश उप्रेती पनि मन्त्रीमका दोहोरिने पक्षमा छन् । तर बिहीबार चापागाईं मन्त्री बन्ने सम्भावना बलियो छ ।यसअघि कार्कीले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आफूलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका थिए ।

त्यहीअनुसार खापुङले कार्कीको पक्षमा ५२ सांसदको सनाखत भइसकेकाले मुख्यमन्त्रीमा नियुक्त गरिएको बताए ।उनले प्रदेश सभामा रहेका ९३ सांसदमध्ये ५२ अर्थात् बहुमत सदस्यको सनाखत भइसकेकाले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जानकारी दिए ।

यसैबीच मुख्यमन्त्रीका लागि कार्कीलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ । कोशीमा जसपाका एक सांसद निर्मला लिम्बू छिन् । जसपाले समर्थन गरेसँगै कार्कीलाई समर्थन गर्ने सांसदको संख्या ५३ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका